दार्चुला अस्पतालमा थप एक जनाको ज्यान गयो, मृतकको संख्या ८ पुग्यो

दार्चुला । जिल्ला अस्पताल दार्चुलामा सोमबार (आज) दुई जना कोरोना संक्रमित पुरुषको ज्यान गएको छ ।

महाकाली नगरपालिका वडा नम्बर ७ धाप घर भएका ४६ वर्षीय पुरुषको सोमबार राती ८ः३० बजे ज्यान गएको जिल्ला अस्पताल दार्चुलाका अस्पताल व्यवस्थापन समिति अध्यक्ष दलजित सिह धामीले जानकारी दिनुभयो ।

पायल्सको समेत समस्या रहेका पुरुष कोरोना संक्रमित भएपछि उपचारका लागि जिल्ला अस्पताल दार्चुलामा भर्ना हुनुभएको थियो ।

सोमबार बिहान जिल्ला अस्पताल दार्चुलामा उपचारको क्रममा दुहुँ गाउँपालिका वडा नम्बर ३ घर भइ हाल दार्चुला सदरमुकाम खलंगा बस्दै आउनुभएका ७२ वर्षीय पुरुषको समेत ज्यान भएको थियो ।

एन्टिजेन विधिबाट आइतबार मात्रै कोरोना संक्रमण पुष्टि भएका ति पुरुषको सोमबार बिहान मृत्यु भएपछि नेपाली सेनाको सहयोगमा महाकाली नदी किनारमा शव व्यवस्थापन गरिएको छ ।

यो संगै दार्चुलामा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या आठ पुगेको छ ।

सोमबार मार्मा गाउँपालिकाका १३ सहित दार्चुलामा थप १६ जनामा कोरोना सक्रमण पुष्टि भएको छ । ११ जनाको पिसिआर र ५ जनामा एन्टीजेन विधिबाट गरिएको परिक्षणमा कोरोना संक्रमण पुष्टि भएको हो ।

दार्चुलामा कोरोनाको दोस्रो लहर सुरु भए यता संक्रमण पुष्टि हुनेको संख्या ३ सय ४९ पुगेको छ । हालसम्म जिल्लाको महाकाली नगरपालिकामा सबै भन्दा बढी १ सय ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

अपिहिमाल गाउँपालिकाका १ सय ६ जनामा, मार्मा गाउँपालिकामा ४० जनामा, शैल्यशिखर नगरपालिकामा ४५ जनामा, व्याँस गाउँपालिकामा ६ जनामा, मालिकार्जुन गाउँपालिकामा १३ जनामा, लेकम गाउँपालिकामा १७ जनामा, नौगाड गाउँपालिकामा ३ जनामा, र दुँहु गाउँपालिकामा १० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ ।

दार्चुलामा आज थप ७ जना कोरोना संक्रमण मुक्त भएका छन । यो संगै हालसम्म कोरोना संक्रमण मुक्त हुनेको संख्या ५० पुगेको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?