दार्चुला । चौलानी नदीमा बगेर एक बालिका बेपत्ता भएकी छन ।
मंगलबार (आज) दिउँसो करिब २ बजेतिर शैल्यशिखर नगरपालिका वडा नम्बर ३, ओसपका धौलसिंह गोयलाकी ११ वर्षीया छोरी पुष्पा गोयला चौलानी नदीमा बगेर बेपत्ता भएको इलाका प्रहरी कार्यालय गोकुलेश्वरका प्रमुख एबं प्रहरी निरीक्षक अरुण बमले जानकारी दिनुभयो।
नदीमा बगेर बेपत्ता भएकी बालिकाको अहिले प्रहरी र स्थानीयहरुले खोजी कार्य गरिरहेका छन् ।





प्रतिक्रिया