दार्चुला । दार्चुलामा मंगलबार थप ४८ जानमा कोरोना संक्रमण पुष्टि भएको छ ।
एन्टीजेन र पीसीआर विधिबाट गरिएको परीक्षणमा जिल्लामा थप ४८ जनामा संक्रमण पुष्टि भएको हो । पीसीआर विधिबाट महाकाली नगरपालिकाका ४२ जनामा र अन्य ६ जनाको एन्टीजेन परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय दार्चुलाका सिआइसिटी सहजकर्ता सुरज सुजन बोहराले जानकारी दिनुभयो ।
बैशाख ३१ गते स्वाब संकलन गरि जिल्ला अस्पताल बैतडीको प्रयोगशालामा पठाइएका एक सय ५१ जना मध्ये महाकाली नगरपालिकाका ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको उहाँले बताउनुभयो । त्यस्तै एन्टीजेन विधिबाट जिल्ला अस्पतालमा एक जना, शैल्यशिखर नगरपालिकामा, दुहुँ गाउँपालिका र मार्मा गाउँपालिकामा १(१ जनामा र मालिकार्जुन गाउँपालिका २ जनामा संक्रमण पुष्टि भएको छ ।
आज थपिएका सहित दार्चुलामा कोरोना संक्रमण पुष्टि हुनेको संख्या ३ सय ९६ पुगेको छ । त्यस्तै आज थप ४ जना संक्रमण मुक्त भएका छन । यो संगै संक्रमण मुक्त हुनेको संख्या ५३ पुगेको छ ।
जिल्लामा कोरोनाको दोस्रो लहर सुरु भए यता ८ जनाको कोरोना सक्रमणको कारण ज्यान गएको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ ।
लेकम गाउँपालिका वडा नम्बर ५ का केहि व्याक्तिहरुलाई पीसीआर बिधिबाट कोरोना पुष्टि भएपनि स्वास्थ्य कार्यालय दार्चुलाले अध्यावधिक गरिसकेको छैन् । वैशाख ३१ गते लेकम गाउँपालिकाका ९९ जनाको स्वाब संकलन गरि पीसीआर परीक्षणका लागि पठाइएको थियो ।






प्रतिक्रिया