दार्चुला । दार्चुलाको अपि हाइड्रोपावरबाट आज १० वटा अक्सिजन सिलिण्डर संकलन गरि गोकुलेश्वर अस्पताललाई बुझाइएको छ ।
इलाका प्रहरी कार्यालय दार्चुलाका प्रमुख एबं प्रहरी निरीक्षक अरुण बम र युवा नेता भुवनसिंह भण्डारीको पहलमा अपि हाइड्रोपावरबाट १० थान अक्सिजन सिलिण्डर संकलन गरेर गोकुलेश्वर अस्पताललाई बुझाइएको हो ।
अपि हाइड्रोपावरबाट प्राप्त १० वटा अक्सिजन सिलिण्डर गोकुलेश्वरका व्यवसायी एबं युवा नेता भण्डारीको गाडी र अर्को ट्रकमार्फत ढुवानी गरेर गोकुलेश्वर अस्पताललाई बुझाइएको हो ।
यसअघि चमेलिया जलविद्युत आयोजनासंग रहेका दुई वटा अक्सिजन सिलिण्डरमध्ये एक थान अक्सिजन सिलिण्डर संकलन गरेर अस्पताललाई बुझाइएको प्रहरी निरीक्षक बमले बताउनुभयो । चमेलियाबाट एक थान र अपिबाट १० गरी ११ थान अक्सिजन सिलिण्डर संकलन गरेर गोकुलेश्वर अस्पताललाई बुझाइएको छ ।
यसअघि जिल्ला प्रहरी कार्यालय दार्चुलाले केहि दिन पहिले दार्चुला सदरमुकाम खलंगाबाट तीन थान अक्सिजन सिलिण्डर संकलन गरेर जिल्ला अस्पताल दार्चुलालाई बुझाएको थियो । दार्चुलामा हालसम्म १४ थान अक्सिजन सिलिण्डर संकलन गरेर अस्पताललाई बुझाइएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
नेपाल प्रहरीले देशभरबाट अस्पताल प्रयोजनबाहेकमा प्रयोग हुँदै आएका झण्डै ९ हजार थान अक्सिजन सिलिन्डर संकलन गरेको छ । गृह मन्त्रालयको निर्देशनपछि प्रहरीले देशभर अस्पतालबाहेकका प्रयोजनमा प्रयोग हुँदै आइरहेका खाली तथा भरी सिलिन्डर गरी ९ हजार सिलिण्डर संकलन गरेको बताइएको छ ।
संकलन गरिएका अधिकासं सिलिण्डर अस्पतालहरुलाई बुझाइएको छ । केहि खालि सिलिण्डर भर्नका लागि अद्योगहरुलाई दिइएको प्रहरीले जनाएको छ ।









प्रतिक्रिया