दार्चुला । दार्चुला कोभिड-१९ सहयोग तथा समन्वय मञ्च परिवार गठन गरिएको छ ।
अधिवक्ता कृष्णसिंह महराको नेतृत्वमा दार्चुला कोभिड-१९ सहयोग तथा समन्वय मञ्च परिवार गठन भएको मञ्चका सहसंयोजक भुपेन्द्र बिष्टले जानकारी दिनुभयो ।
यो मञ्चले कोभिड-१९ को दास्रो लहरले जिल्लाभर परेको असरबारे सूचना संकलन गर्ने साथै संक्रमित तथा संक्रमितका परिवारको स्थिति, लक्षण सहितका संक्रमितहरुको स्वास्थ्य उपचारको व्यवस्थाबारे जानकारी लिने र संक्रमण बढ्न नदिन स्थानीयबासीलाई सरकारद्धारा जारी स्वास्थ्य मापदण्ड पालना गर्न सहयोग गर्ने बताइएको छ ।
यस्तै दार्चुलाका दुईवटा अस्पताल (दार्चुला जिल्ला अस्पताल र गोकुलेश्वर अस्पताल) मा हाल अत्यावश्यक रहेको अक्सिजन सिलिण्डर लगायत अत्यावश्यक अन्य स्वास्थ्य उपकरण र औषधीको उपलब्धताका लागि अस्पताललाई आवश्यक सहयोग तथा समन्वय गर्ने संयोजक महराले बताउनुभयो ।
पीसीआर परीक्षणको दायरा बढाउन, सामान्य लक्षण भई होम आईसोलेशनमा रहेका संक्रमितहरुलाई स्थानीय स्वास्थ्य संस्थामार्फत निगरानी गर्न र गम्भीर लक्षण देखिएकाहरुलाई छिटोभन्दा छिटो सुविधासम्पन्न अस्पतालसम्म पु¥याउन संघीय, प्रदेश र स्थानीय सरकारलाई दबाब दिने तथा समन्वयकारी भुमिका खेल्ने र हाललाई आर्थिक भन्दापनि समन्वयकारी भुमिकाको आवश्यकता रहेको भन्ने वैठकको निष्कर्ष रहेकोले हाललाई आर्थिक सहायता संकलनको काम सुरु नगर्ने र कहिँकतै आर्थिक अभावकै कारण दार्चुलाबासीले उपचार वा अन्य समस्या भोग्नुपरेमा अस्पताल र सरकारी निकायहरुसंग समन्वय गरी आर्थिक सहायता समेत उठाउन पछि नपर्ने निर्णय गरिएको बताइएको छ ।
थप जानकारीका लागि संयोजक महराले तयार पारेको तलको अनुरोधमुलक बिबरण हेर्नुहोस





प्रतिक्रिया