खलंगामा ५० बेडको आइसोलेसन तयार, अक्सिजन जडान बाँकी

दार्चुला । दार्चुलाको महाकाली नगरपालिका–४ खलंगास्थित महेन्द्र नमुना माबिमा ५० बेडको आइसोलेसन सेन्टर निर्माण गरिएको छ ।

कोरोना सङ्क्रमित बिरामीको सहजता तथा उपचारको लागि ५० बेडको आईसोलेशन सेन्टर निर्माण गरिएको स्वास्थ्य शाखा संयोजक मोहन महराले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, बेड जडानको काम सम्पन्न भएको छ, अक्सिजन आपुर्तीमा ढिलाइ भएकोले अक्सिजन जडान गर्न बाँकी रहेको छ ।

जिल्ला अस्पतालसंगको सहकार्यमा अक्सिजन सहितको आइसोलेसन सेन्टर संचालनमा ल्याइने महराले बताउनुभयो ।

स्थानीय पुर्वाधार साझेदारी कार्यक्रमको २० लाख बजेटबाट खलंगामा ५० शैय्याको आईसोलेशन तयार भएको हो । यसअघि गोकुलेश्वर अस्पतालसंगको सहकार्यमा शैल्यशिखर नगरपालिकाले समेत अक्सिजनसहित २५ बेडको आइसोलेसन सेन्टर तयार गरेको छ ।

महाकाली र शैल्यशिखर नगरपालिकामा ७५ बेड आइसोलेसन तयार भएपनि कोरोना संक्रमित भने बसेका छैनन् । दार्चुलामा दोस्रो लहरको कोरोना फैलिएपछि चार सय जनामा सङ्क्रमण पुष्टि भएको छ ।

महाकाली नगरपालिकामा मात्रै मंगलबार ४३ जना कोरोना संक्रमित थप भएका छन् । बैशाख ३१ गते स्वाब संकलन गरि जिल्ला अस्पताल बैतडीको प्रयोगशालामा पठाइएका एक सय ५१ जना मध्ये महाकाली नगरपालिकाका ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय दार्चुलाका सिआइसिटी सहजकर्ता सुरज सुजन बोहराले जानकारी दिनुभयो ।

मंगलबार ४३ जना संक्रमित थपिएसंगै महाकाली नगरपालिकामा सक्रिय संक्रमितको संख्या डेढ सय नाघेको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ ।

कोरोनाको दोस्रो लहर शुरु भएयता जिल्ला अस्पतालमा ४७ जना, पुलघाट नाकामा २६ जना र नगरपालिका भित्र अन्य ७८ जनामा गरी १५१ जनामा संक्रमण पुष्टि भएको महाकाली नगरपालिका स्वास्थ्य शाखाले जनाएको छ ।

फोटो विवरण उपलब्ध छैन।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?