दार्चुला । दार्चुलाको व्यास गाउँपालिका वडा नम्बर १ को छाङ्गरु र तिंकर गाउँका ३६० जनालाई कोरोनाविरुद्धको खोप लगाइने भएको छ ।
दुवै गाउँको बसाईसराई (कुञ्चा) सरेपछि उनीहरुलाई सोही क्षेत्रमा कोरोनाविरुद्धको खोप लगाउने तयारी भएको छांगरु स्वास्थ्य चौकीले जनाएको छ ।
नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट व्यास १ का नागरिकको लागि प्राप्त खोप मध्ये छाङ्गरु तीन सय र तिकंरकाक ६० जनालाई खोप लगाइने छ ।
स्वास्थ्य कार्यालय दार्चुलाका अनुसार खोप जिल्ला आइपुगेको छ । छाङ्गरु र तिंकरमा रहेका स्थानीय, सशस्त्र प्रहरी र नेपाल प्रहरीलाई समेत कोरोनाविरुद्धको खोप लगाउने तयारी छ ।
यसअघि कोभिड १९ जिल्ला संकट व्यवस्थापन केन्द्र दार्चुलाको बैठकले व्यासको छाङ्गरु र तिंकरको लागि आएको खोप तत्काल लगाउने निर्णय गरेको थियो ।
सरकारले भारतले अतिक्रमण गरेको कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको भूगोल समेटेर नक्सा सार्वजनिक गरेपछि नेपाल सरकारले यो क्षेत्रमा विशेष प्राथमिकताका साथ विकास निर्माण र राहात तथा सहुलियतका कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ ।





प्रतिक्रिया