दार्चुलामा कोरोना संक्रमितलाई फोन सेवा

दार्चुला । स्वास्थ्य कार्यालय दार्चुलाले कोरोना संक्रमण बढ्दै गएपछि उपचार सहयोग पुर्‍याउन फोन स्वास्थ्य सेवा सुरु भएको छ । होम आइसोलेसनमा बसेका कोरोना संक्रमितका लागि परामर्श लिन कार्यालयले मंगलबारबाट सेवा सुरु गरेको हो ।

होम आइसोलेसनमा रहेकाको स्वास्थ्य स्थितिको मूल्यांकन गरी बिरामीलाई समयमै अस्पताल पुर्‍याउन मानसिक स्वास्थ्य प्रवर्द्धन तथा कोभिड–१९ बाट हुने क्षति न्यूनीकरण गर्न सेवा सुरु गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

संक्रमितलाई निगरानीमा राखेर उपयुक्त समयमा परामर्श दिन यो सेवाको सुरुवात गरिएको स्वास्थ्य कार्यालयका प्रमुख जयराज भट्टले बताउनुभयो । ‘संक्रमितलाई कम्तीमा ५ पटक परामर्श अनिवार्य गरिनेछ,’ उहाँले भन्नुभयो, ‘अवस्था हेरी बढी परामर्श दिनुपर्ने हुन सक्छ ।’

जिल्लाका संक्रमितलाई स्वास्थ्यकर्मीले जुनसुकै बेला फोन गरेर स्वास्थ्य सल्लाह दिनेछन् । यो सेवा सुरु भएसँगै होम आइसोलेसनमा बसेका कोरोना संक्रमितले पनि परामर्श लिन सक्नेछन् ।

बिरामीको स्वास्थ्य स्थिति, अक्सिजनको मात्रा, श्वासप्रश्वासको दरलाई नम्बरिङ दिने र त्यसका आधारमा स्वास्थ्य अवस्थाको मूल्यांकन गरी परामर्श दिइने कार्यालय प्रमुख भट्टले बताउनुभयो । –कान्तिपुरबाट

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?