निर्णय विपरित यार्सागुम्बा खोज्न लेकतिर, हिउँ नपग्लीदा समस्या

दार्चुला । अपिनाम्पा संरक्षण क्षेत्र कार्यालयले कोरोना संक्रमण बढ्ने भन्दै यार्सागुम्बा पाइने हिमाली क्षेत्रका पाटनहरुमा जान रोक लगाएको छ । तर, त्यसको बेवास्ता गर्दै स्थानीय भने यार्सा संकलनका लागि पाटनमा पुगिसकेका छन ।

यो सिजनमा हिमाली क्षेत्रका स्थानीयहरु यार्सागुम्बा लगायत जडीबुटी संकलन गरेर वर्षभरिको घरखर्च जोहो गर्दै आएका छन । कोरोना महामारीका कारण गत वर्ष समेत यार्सा टिप्न नपाएका संकलकहरू असारसम्मका लागि आवश्यक पर्ने खाद्यान्न, लत्ताकपडा तथा अन्य दैनिक उपभोग्य सामग्रीसहित यार्सा संकलन क्षेत्र जान थालेको स्थानीय अंगद लोथ्यालले बताउनुभयो । व्यास र अपिहिमाल गाउँपालिकाका उच्च लेकाली क्षेत्रका साथै दुहुँ, नौगाड र मार्मा गाउँपालिकाका केहि पाटनहरूमा यार्सा पाइन्छ ।

अपिनाम्पा संरक्षण क्षेत्र कार्यालयले यार्सा संकलनका लागि नजान सार्वजनिक सूचना नै आह्वान गरेको भएपछि यार्सा संकलकहरू भने बन्दोबस्तीको सामान तथा रासन पु¥याउने बहानामा पाटन छिरेर यार्सा संकलन गरिरहेको लोथ्यालले बताउनुभयो । अहिले पछिल्लो समय हिमपात हुदा यार्सा संकलनमा समस्या भएको बताइएको छ । यो वर्ष हिउँ पग्ली नसकेको कारण यार्सा खोज्न गएकाहरु पछि लेक उक्लीने भन्दै गाउँ फर्किसकेका छन् ।

अपिनाम्पा संरक्षण क्षेत्र कार्यालय लगायत सरोकारवाला निकायले नियमन तथा आफैले गरेको निर्णय कार्यान्वयन गर्न नसकेको भन्दै आलोचना भइरहेको छ ।

अपिहिमाल गाउँपालिकाले कोरोना रोकथाम तथा नियन्त्रणका लागि यार्सागुम्बा पाइने पाटनहरुमा यार्सा संकलन कार्य पूर्ण रुपमा बन्द गर्न अपिनाम्पा संरक्षण क्षेत्र कार्यालय र जिल्ला प्रशासन कार्यालय दार्चुलालाई अनुरोध गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?