दार्चुला । जिल्ला अस्पताल दार्चुलामा आइसोलेसन र शव गृह निर्माणको काम शुरु भएको छ ।
अस्पतालमा दश शैय्याको आइसोलेशन भवन र शव गृहको निर्माण कार्य सुरु भएको अस्पताल व्यवस्थापन समिति अध्यक्ष दलजित सिह धामीले जानकारी दिनुभयो ।
सुदूरपश्चिम प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको सहयोगमा दश शैय्याको आइसोलेशन भवन र शव गृह निर्माण गर्न लागिएको अध्यक्ष धामीले बताउनुभयो ।
अस्पतालबाट खलंगा बजारतर्फ अर्थात अस्पतालको उत्तर पट्टीको सडक क्षेत्रमा डिस्कोलाई हटाएर सोही क्षेत्रमा भौतिक संरचना बनाउन लागिएको छ ।
अध्यक्ष धामीले अस्पताल व्यवस्थापन समिति अध्यक्षको जिम्मेवारी पाएपश्चात अस्पतालका धेरै पक्ष सुधार गर्ने अठोट गरेपनि कोरोना महामारीका कारण अपेक्षाकृत काम गर्न नसकिएको उहाँको भनाई छ ।






प्रतिक्रिया