दार्चुलामा जेठ २० गतेसम्म निषेधाज्ञा जारी (आदेशपत्र सहित)

दार्चुला । दार्चुला जिल्लामा निषेधाज्ञा थप गरिएको छ ।

जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र दार्चुलाको आइतबार (आज) बसेको बैठकले कोभिड १९ रोकथाम तथा नियन्त्रणको कार्यलाई थप प्रभावकारी बनाउन १० दिनका लागि निषेधाज्ञा थप गर्न सिफारिस गरेको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ ।

कोभिड १९ संकट व्यवस्थापन केन्द्र दार्चुलाको सिफारिस अनुसार वैशाख ३० गते प्रमुख जिल्ला अधिकारी शिद्धराज जोशीले जेठ १० गतेसम्मका लागि जारी गरेको निषेधाज्ञा आदेशको अवधि जेठ २० गते राती १२ बजेसम्मका लागि थप गर्ने निर्णय भएको प्रशासनले जनाएको छ ।

कोभिड १९ रोकथाम तथा नियन्त्रणको कार्यलाई थप प्रभावकारी बनाउन जेठ २० गतेसम्मका लागि निषेधाज्ञा जारी भएको प्रमुख जिल्ला अधिकारी जोशीले बताउनुभयो ।

फोटो विवरण उपलब्ध छैन।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?