दार्चुला । दार्चुलाको लेकम गाउँपालिका वडा नम्बर ५ रिठाचौपातामा बिरामी बोकेको एम्बुलेन्स दुर्घटना भएको छ ।
लेकम गाउँपालिका वडा नम्बर ४ खरकडाबाट बिरामी बोकेर दार्चुला जादै गरेको एम्बुलेन्स लटिनाथ नमुना माबि नजिककै सडकमा पल्टीएको घटनास्थलबाट पत्रकार नरेन्द्र जोशीले जानकारी दिनुभयो ।
एम्बुलेन्समा एक जना बिरामी सहित सवार चार जना यात्रु र ड्राइभर सकुसल रहेको उहाँले बताउनुभयो ।
लेकम गाउँपालिकाको सुपप्र ०२००१ च ८५० नम्बरको उक्त एम्बुलेन्समा भने सामान्य भौतिक क्षती भएको इलाका प्रहरी कार्यालय रिठाचौपाताले जनाएको छ ।
एम्बुलेन्स पल्टीनुको कारणबारे सोधपुछ भइरहेको छ ।






प्रतिक्रिया