नौगाड गाउँपालिकाद्धारा अवरुद्ध दल्लेख–खलंगा सडक सुचारु (फोटोफिचर)

दार्चुला । गत सातादेखि अवरुद्ध दल्लेख खलंगा सडक नौगाड गाउँपालिकाले मर्मत गरेपछि सुचारु भएको छ ।

जेठ ३ र ४ गतेको अविरल बर्षाको कारण देथला खार खलंगा सडक खण्डको महाकाली नगरपालिका वडा नम्बर २ मैखोली देखि नौगाड गाउँपालिकाको वडा नम्बर २ दल्लेख, बैडारी गाउँ सम्मको सडक अवरुद्ध भएको थियो ।

नौगाड गाउँपालिकाले आफ्नै स्काभेटर मेसिन (जेसिभि) प्रयोग गरेर अवरुद्ध सडक सुचारु गरेपछि यातायातका साधनहरु सञ्चालन हुन थालेको नौगाडबाट सन्तोषसिंह ठगुन्नाले जानकारी दिनुभयो ।

कोरोना माहामारीको बिषम परिस्थितिमा बाटो अवरुद्घ भएपछि बिरामीहरुका साथै यात्रुहरुलाई अस्पताल लैजान समस्या भएको थियो । महाकाली नगरपालिका र नौगाड गाउँपालिकाको विभिन्न स्थानमा अवरुद्ध सडक सुचारु भएपछि बिरामी र यात्रुहरुलाई सहज भएको नौगाडबाट रेडियो लोकदर्पण समाचारदाता प्रकाशसिंह धामीले बताउनुभयो ।

यस्तै नौगाड गाउँपालिकाको होपरीगाड जामिर क्षेत्रको सडकमा पनि केहि स्थानमा बर्षाको कारण ढुङ्गा, माटो, पहिरो खसेर यातायात सञ्चालनमा समस्या भएको थियो । नौगाडका जनप्रतिनिधिहरुको पहलमा महाकाली नगरपालिका वडा नम्बर २ मैखोली क्षेत्रदेखि नौगाड गाउँपालिका वडा नम्बर २ दल्लेख हुँदै होपरिगाड क्षेत्रसम्म समेत सडक सफा गरेर सञ्चालनमा ल्याइएको स्थानीय सन्तोष ठगुन्नाले बताउनुभयो ।

बर्षातको समयमा अवरुद्ध हुने सडक मर्मतका लागि नौगाड गाउँपालिकाले जेसिभि तयारी अवस्थामा राखिएको बताइएको छ ।

सायद एक वा थप मानिसहरू, उभिएका मानिसहरू तथा  घरबाहिर को तस्बिर हुनसक्छ

सायद घरबाहिर को तस्बिर हुनसक्छ

सायद 1 व्यक्ति तथा  घरबाहिर को तस्बिर हुनसक्छ

सायद घरबाहिर को तस्बिर हुनसक्छ

सायद घरबाहिर को तस्बिर हुनसक्छ

सायद घरबाहिर को तस्बिर हुनसक्छ

सायद घरबाहिर को तस्बिर हुनसक्छ

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?