दार्चुलामा एकैदिन १०९ जनाले जिते कोरोना, कुल ३२६ संक्रमणमुक्त

दार्चुला । दार्चुलामा कोरोना संक्रमणमुक्त हुनेको संख्या बढ्दै भएको छ ।

दार्चुलामा मंगलबार (आज) १०९ जनाले कोरोना जितेको स्वास्थ्य कार्यालय दार्चुलाका सिआईसिटी सहजकर्ता सुरज सुजन बोहराले जानकारी दिनुभयो ।

मंगलबार अपिहिमाल गाउँपालिकाका ९४ जना, महाकाली नगरपालिकाका १४ जना र जिल्ला अस्पताल दार्चुलाका एक जनाले कोरोना जितेर डिस्चार्ज भएको बोहराले बताउनुभयो ।

मंगलबार एकैदिन १०९ जना संक्रमणमुक्त भएसंगै दार्चुलामा कोरोना संक्रमणमुक्त हुनेको संख्या ३२६ पुगेको छ ।

मंगलबार थप चार जना संक्रमित थपिएका छन् । नौगाड गाउँपालिकाका तीन जना र जिल्ला अस्पताल दार्चुलामा एक जनामा संक्रमण पुष्टि भएको हो ।

कोरोनाको दोस्रो लहर शुरु भएयता दार्चुलामा ५९५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भने १० जना संक्रमितको ज्यान भएको छ ।

अहिले जिल्लाभरी २५९ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?