लटिनाथ नमुना माबि चौपाताले निर्माण गर्यो ५ बेडको आईसोलेसन

दार्चुला । दार्चुलाको लेकम गाउँपालिका वडा नम्बर ५ मा रहेको लटिनाथ नमुना माबि प्राविधिक कार्यक्रम चौपाताले विद्यालयमा आइसोलेसन निर्माण गरेको छ ।

विद्यालयले आफ्नै जगेडा सामाग्रीको प्रयोग गरी ५ बेडको आइसोलेसन निर्माण गरेको विद्यालयका प्रधानाद्यापक केशबराज बिष्टले जानकारी दिनुभयो ।

विद्यालयको सेवा क्षेत्रमा समेत कोभिड १९ संक्रमण पुष्टि भएका बिरामीहरु घरमै आईसोलेसनमा बसिरहेको जानकारी प्राप्त भएपछि घरमा ठाउँ अभाव भएकाहरुका लागि आइसोलेसन निर्माण गरेको बताइएको छ ।

संक्रमितमध्ये कसैको घरमा ठाउँ अभाव भएर परिवारका अरु सदस्यहरुलाइ संक्रमण हुनसक्ने सम्भावनालाई ख्याल गर्दै अभिभावकहरुलाई आवश्यक परे प्रयोग गर्न दिने प्रयोजनका लागि विद्यालयले आइसोलेसन बेड तयार गरेको प्रधानाद्यापक बिष्टले बताउनुभयो ।

विद्यालयले निर्माण गरेको आइसोलेसनमा बस्नुपरेमा बिद्यालयका सूचना अधिकृत राजेन्द्र सिंह खत्रीलाई ९८४८८३७३०४ मा सम्पर्क गर्न अनुरोध गरिएको छ ।

दार्चुलाका कतिपय स्थानीय तहहरुले समेत आइसोलेसन कक्ष स्थापना नगरेको भन्दै जनस्तरबाट आलोचना भइरहेको बेला विद्यालयमा आइसोलेसन निर्माण गरिनु प्रसंसायोग्य काम भएको स्थानीय धनन्जय जोशीले बताउनुभयो ।

दार्चुलामा मंगलबार थप चार जना संक्रमित थपिएसंगै कोरोनाको दोस्रो लहर शुरु भएयता जिल्लामा ५९५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भने १० जना संक्रमितको ज्यान भएको छ ।

अहिले जिल्लाभरी २५९ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?