दार्चुला । व्यास गाउँपालिका वडा नम्बर ६ हुतीको दाहुतीमा स्काभेटर दुर्घटना भएको छ ।
स्काभेटर दुर्घटना हुदाँ चालक सहित तीन जना घाइते भएको प्रहरीले जनाएको छ ।
दार्चुला सदरमुकाम खलंगाबाट हुतीको पनी खालतिर गइरहेको से १ क ९६९ नम्बरको स्काभेटर दुर्घटना भएको हो ।
जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार स्काभेटर दार्चुला–तिंकर सडकबाट करिब ५० मिटर तल खसेको हो ।
स्थानीय मेडिकलमा प्राथमिक उपचार पश्चात् चालक र अर्का एक जनालाई भने थप उपचारका लागि मंगलबार राती नै जिल्ला अस्पताल दार्चुला ल्याइएको थियो ।





प्रतिक्रिया