नुहाउने क्रममा चौलानीमा बगेर एक पुरुषको ज्यान गयो

दार्चुला । चौलानी नदीमा बगेर एक जना पुरुषकोे ज्यान गएको छ ।

दार्चुलाको शैल्यशिखर नगरपालिका वडा नम्बर ९, नक्तड घर भएका अन्दाजी ४५ वर्षीय धन्ना लावडको आज दिउँसो नदीमा बगेर मृत्यु भएको इलाका प्रहरी कार्यालय गोकुलेश्वर दार्चुलाले जनाएको छ ।

स्थानीयको सहयोगमा शवलाई शैल्यशिखर नगरपालिकाको वडा नम्बर ९ को बस्कोट नजिक नदीबाट उद्दार गरिएको छ ।

इलाका प्रहरी कार्यालय गोकुलेश्वरको टोलि घटनास्थलमा पुगेर मुचुल्का तयार पार्ने काम भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?