दार्चुला । दार्चुलाको मार्मा गाउँपालिका वडा नम्बर ३ मा रहेको लटिनाथ स्वास्थ्य चौकीमा ४० लाख मूल्य बराबरको स्वास्थ्य सामाग्री खरिद गरिएको छ ।
मार्मा गाउँपालिकाले लटिनाथ स्वास्थ्य चौकीका लागि डिजिटल एक्सरे, अल्टासाउण्ड मेसिन लगायत ४० लाखको स्वास्थ्य सामाग्री खरिद गरेको हो ।
डिजिटल एक्सरे, अल्टासाउण्ड मेसिन र प्रयोगशालामा प्रयोग गरिने विभिन्न सामाग्री स्वास्थ्य चौकीमा पुगेसंगै सेवा सुचारु भइसकेको स्वास्थ्य चौकी मार्माका मेडिकल अफिसर डा. महादेव भट्टले जानकारी दिनुभयो ।
यहि जेठ ८ गते धनगढीबाट स्वास्थ्य सामाग्री खरिद गरेर ल्याएको र जेठ ९ गतेदेखि सेवा सुरु गरिएको डा. भट्टले बताउनुभयो ।
ग्रामीण क्षेत्रमै डिजिटल एक्सरे, अल्टासाउण्ड सेवा सुचारु भएपछि अस्पताल धाउनुपर्ने बिरामीहरुलाई राहात हुने भएको छ ।





प्रतिक्रिया