राताकाठामा ढुगां लागेर घाइते बमलाई धनगढी रेफर गरियो

दार्चुला । दार्चुलाको दुहुँ गाउँपालिका वडा नम्बर १ पिपलचौरी बस्ने हरिश बम ढुगां लागेर घाइते हुनुभएको छ ।

विहिबार (आज) बिहान साढे ५ बजे दार्चुलबाट पिपलचौरी (घर) गइरहेको अवस्थामा बमलाई दुहुँ गाउँपालिका ३ राताकाठा भन्ने स्थानमा माथिबाट ढुगां खसेर टाउकोमा गम्भीर चोट लागेको हो ।

टाउकोमा चोट लागेर घाइते हुनुभएका बमलाई प्रहरीको सहयोगमा विहान ७ बजे उपचारका लागि जिल्ला अस्पताल दार्चुला ल्याइएको थियो ।

जिल्ला अस्पतालमा घाउमा १२ टाका लगाएपछि थप उपचारको लागि बमलाई धनगढी रेफर गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक नरेन्द्र चन्दले रेडियो लोकदर्पणलाई जानकारी दिनुभयो ।

घाइते बमलाई थप उपचारका लागि विहिबार (आज) विहान ८ बजे म १ ज १९४ नम्बरको गाडीमा धनगढी रेफर गरिएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?