दार्चुला : जेठमा ३१४ संक्रमित हुँदा ३७९ कोरोना संक्रमणमुक्त

दार्चुला । दार्चुलामा पछिल्लो १३ दिनको अवधिमा कोरोना संक्रमणमुक्त हुनेको संख्या बढ्दै गएकोे छ । कोरोनाको दोस्रो लहर सुरु भए यता दार्चुलामा हालसम्म ६ सय ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

संक्रमितमध्ये जेष्ठ १ गते यता मात्रै ३ सय ७९ जनाले कोरोना जितेका छन । त्यसअघि ३९ जनाले मात्रै कोरोना जितेका थिए । जेष्ठ महिनामा कोरोना संक्रमण मुक्त हुनेको संख्या बृद्धि भएको स्वास्थ्य कार्यालय दार्चुलाका कोरोना भाइरस फोकल प्रर्शन विरेन्द्र राज भट्टले बताउनुभयो ।

जेष्ठ १ गते सम्म जिल्लामा ३ सय २९ जनामा कोरोना संक्रमण पुष्टि भएकोमा ३९ जनाले कोरोना जितेको स्वास्थ्य कार्यालय दार्चुलाको तथ्यांक रहेको छ । त्यस्तै जेष्ठ २ गते ४ जनामा कोरोना संक्रमण पुष्टि भएकोमा ४ जनाले कोरोना जितेका थिए । जेष्ठ ३ गते १६ जनामा कोरोना संक्रमण पष्टि भएकोमा ७ जना कोरोना संक्रमण मुक्त भएका छन ।

जेष्ठ ४ गते ४७ जनामा कोरोना संक्रमण पुष्टि भएकामा ३ जना संक्रमण मुक्त भएका छन । जेष्ठ ५ गते ४० जनामा कोरोना संक्रमण पुष्टि भएकोमा ६० जना संक्रमण मुक्त भएका छन । जेष्ठ ६ गते ३५ जनामा संक्रमण पुष्टि हुँदा १० जना संक्रमण मुक्त भएका छन । त्यस्तै जेष्ठ ७ गते ५३ जनामा संक्रमण पुष्टि हुँदा २७ जना संक्रमण मुक्त भएका छन । जेष्ठ ८ गते १ जनामा संक्रमण पुष्टि हुँदा १६ जना संक्रमण मुक्त भएका छन ।

जेष्ठ ९ गते २७ जनामा संक्रमण पुष्टि हुँदा ४८ जना संक्रमणमुक्त भएको स्वास्थ्य कार्यालय दार्चुलाको तथ्यांक रहेको छ । जेष्ठ १० गते ३९ जनामा संक्रमण पुष्टि हुँदा ३ जना संक्रमण मुक्त भएका छन । जेष्ठ ११ गते ४ जना संक्रमण पुष्टि भएकोमा ९ जना संक्रमण मुक्त भएका छन । जेष्ठ १२ गते १० जनामा संक्रमण पुष्टि भएकोमा ७६ जना संक्रमण मुक्त भएका छन।

जेष्ठ १३ गते (आज) ३६ जनामा संक्रमण पुष्टि भएकोमा ६ जना संक्रमण मुक्त भएका छन।

जेष्ठ महिनामा ३ सय १४ जनामा संक्रमण पुष्टि हुदा ३ सय ७९ जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ । जिल्लामा हाल सम्म कोरोना संक्रमणको कारण १० जनाको ज्यान गएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?