विद्यार्थी नेता बिष्टद्वारा वृद्धाश्रमलाई खाद्यान्न सहयोग

दार्चुला । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी विद्यार्थी युनियन (अनेरास्ववियु) क्रान्तिकारीका विद्यार्थी नेता एवं युवा व्यवसायी नवराज बिष्टले बृद्धाश्रमलाई खाद्यान्न सामग्री सहयोग गर्नुभएको छ ।

बिष्टले दार्चुला जिल्लाको शैल्यशिखर नगरपालिका ९, गोकुलेश्वरस्थित ॐ शान्ति वृद्धाश्रमलाई शुक्रबार राहतस्वरुप खाद्यान्न सामग्री सहयोग गनुभएको हो ।

शैल्यशिखर नगरपालिका ९, गोकुलेश्वर घर भएका नेता एवं युवा व्यवसायी बिष्टले वृद्धाश्रममा बस्ने वृद्धवृद्धाहरुलाई कोरोना भाइरसको संक्रमण बढेसंगै सरकारले जारी गरेको निषेधाज्ञाका कारण आश्रममा खाद्यान्न अभाव नहोस भनेर राहतस्वरुप चामल, दाल, नुन, तेल, फलफूल लगायतका खाद्यान्न सामग्री सहयोग गरेको उहाँले बताउनुभएको छ ।

उहाँले ॐ शान्ति वृद्धाश्रमका संचालक उत्तम बहादुर साँउदलाई उक्त खाद्यान्न सामग्री हस्तान्तरण गर्नुभएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?