आज अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाइँदै

दार्चुला । आज अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाइँदै छ । विश्वको सर्वोच्च शिखर सगरमाथामा पहिलो पटक सफल आरोहण भएको आज ६८ वर्ष पुगेको छ ।

सन् १९५३ मे २९ तारिखमा तेञ्जिङ नोर्गे शेर्पा र सर एडमण्ड हिलारीले पहिलो पटक सगरमाथाको सफल आरोहण गर्नुभएको थियो । आज आरोहणको हिसाबले ६८ औं सगरमाथा दिवस तथा १४ औं अन्तर्राष्ट्रिय सगरमाथा दिवस हो।

नेपालमा २०६४ सालदेखि सगरमाथा दिवस मनाउन थालिएको हो । यस वर्ष कोरोना महामारीकै बीचमा पनि सगरमाथा आरोहण भइरहेको छ ।

सगरमाथा आरोहणको ६८ वर्षे इतिहासमा झण्डै सात हजार आरोहीहरू सगरमाथा शिखरमा पुगिसकेका पर्यटन विभागले जनाएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?