दार्चुला । दार्चुलाको शैल्यशिखर नगरपालिका वडा नम्बर ९ गोकुलेश्वरमा रहेको गोकुलेश्वर विमानस्थलको निर्माण कार्य अगाडी बढाइने भएको छ ।
आर्थिक बर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दै मन्त्री बिष्णु पौडेलले दार्चुलाको गोकुलेश्वर विमानस्थलसहित देशका विभिन्न विमानस्थल सञ्चालन तथा पुननिर्माण गर्न आवश्यक बजेटको व्यवस्था गरिएको जानकारी दिनुभयो ।
२७ वर्षदेखि बन्द रहेको गोकुलेश्वर विमानस्थल सञ्चालनका लागि चालु आर्थिक वर्षमा बोलपत्र भइसकेको र अगामी आर्थिक वर्षमा निर्माणको काम हुने बताइएको छ ।
यस्तै खलंगा बजार जोगाउन कार्यक्रम सञ्चालन गरिने, चमेलियाबाट लिफ्ट सिचाई योजना सञ्चालन गरिने, तिकंर जोड्ने बाटो निर्माण गर्ने लगायत विभिन्न योजना तथा कार्यक्रम घोषणा गरिएको छ ।





प्रतिक्रिया