महाकाली कोरिडोरका लागि १ अर्ब ३ करोड बजेट विनियोजन

दार्चुला । महाकाली कोरिडोर निर्माणका लागि नेपाल सरकारले एक अर्ब ३ करोड बजेट विनियोजन गरेको छ ।

आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट भाषणका क्रममा अर्थमन्त्री विष्णु पौडेलले महाकाली कोरिडोर निर्माणका लागि एक अर्ब तीन करोड बजेट विनियोजन गरिएको जानकारी दिनुभयो ।

कञ्चनपुरको ब्रह्मदेब–डडेल्धुरा–बैतडी हुदै दार्चुला सदरमुकामदेखि–तिंकर जोड्ने महाकाली कोरिडोर निर्माणका लागि प्रयाप्त बजेट विनियोजन गरिएको उहाँको भनाई छ ।

नेपाल सरकारले पछिल्लो समय महाकाली कोरिडोरलाई प्राथमिकताका साथ निर्माण गरिरहेको छ ।

चालु आर्थिक वर्षदेखि दार्चुला तिंकर सडक खण्डको घाँटिबगर–तिंकरसम्मको ८७ किलोमिटर सडक निर्माणको जिम्मा नेपाली सेनालाई दिइसकेको छ ।

यो सडक धार्मीक, आर्थिक, पर्यटकिय, व्यापारीक दृष्टिकोणले महत्तपुर्ण रहेको छ ।

यस्तै दार्चुलाको गोकुलेश्वर विमानस्थल सञ्चालन, सीमामा सशस्त्रको बिओपी थप र अद्यागमन कार्यालय सञ्चालन गर्ने खलंगा बजार जोगाउन कार्यक्रम सञ्चालन गरिने, चमेलियाबाट लिफ्ट सिचाई योजना सञ्चालन गरिने, तिकंर जोड्ने बाटो निर्माण गर्ने लगायत विभिन्न योजना तथा कार्यक्रम घोषणा गरिएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?