मन्त्री ठगुन्नाको पहलमा दार्चुलामा अक्सिजन प्लान्ट र एचडियु बेडका लागि डेढ करोड बजेट

दार्चुला । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री गणेशसिंह ठगुन्नाको पहलमा दार्चुलाका लागि पाँच शैय्या एचडियु बेड र अक्सिजन प्लान्ट स्थापनार्थ बजेटका लागि सहमति प्राप्त भएको छ ।

आफु कोरोना संक्रमित भइ अक्सिजन सपोर्टमा अस्पतालमा उपचाररत मन्त्री ठगुन्नाको सिफारिसमा अर्थ मन्त्रालयबाट पाँच शैय्या एचडियु बेड र अक्सिजन प्लान्ट स्थापना गर्नका लागि एक करोड ५५ लाख बजेट विनियोजन गर्न सहमति प्राप्त भएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय सचिवालयका कर्मचारी नरबहादुर ठगुन्नाले जानकारी दिनुभयो ।

पाँच शैय्या एचडियु बेड र अक्सिजन प्लान्टका साथै अन्य आवश्यक स्वास्थ्य सामाग्री खरिदका लागि सहमति प्राप्त भइसकेको ठगुन्नाले बताउनुभयो ।

अर्थ मन्त्रालयले दार्चुला अस्पतालको लागि सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयमार्फत पाँच शैय्या एचडियु बेड र अक्सिजन प्लान्ट खरिद गर्न अनुमति दिने सहमति सहितको पत्र स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पठाएको छ ।

हेनुहोस मन्त्री ठगुन्नाको सिफारिस र अर्थ मन्त्रालयको सहमति पत्र

फोटो विवरण उपलब्ध छैन।

फोटो विवरण उपलब्ध छैन।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?