आईतबार ४,३६९ जनामा कोरोना पुष्टि, ६,२०५ जना संक्रमणमुक्त

दार्चुला । गएको २४ घण्टामा देशभर चार हजार तीन सय ६९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । १० हजार नौ सय ८६ जनाको पीसीआर परीक्षण गर्दा तीन हजार सात सय दुई र ६ सय ६७ जनाको एन्टिजेन विधिमार्फत परीक्षण गर्दा ६ सय ६७ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

केही दिनयता परीक्षणको मात्रा पनि घटाइएको छ । एकै दिन झन्डै २० हजारसम्मको नमुना परीक्षण हुने गरेकोमा अहिले त्यसको आधा १० हजार हाराहारीमा परीक्षण हुँदै आएको छ ।

यस्तै गएको २४ घण्टामा ६ हजार दुई सय पाँच जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । अहिले निको हुने दर ७९ दशमल २ पुगेको मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा देशभर एक सय नौ जनाको कोरोनाका कारण ज्यान गएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?