अपिहिमालमा यार्सा संकलन गर्न गएका महिलाको ज्यान गयो

दार्चुला । दार्चुलाको अपिहिमाल गाउँपालिका वडा नम्बर ५ का एक महिलाको यार्सागुम्बा संकलनको क्रममा ज्यान गएको छ ।

यार्सागुम्बा संकलनको लागि अपिहिमालको सातगंगा वनमा गएको बेला अन्दाजी ४० वर्षीया चुन्धरी धामीको मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ ।

धामी यार्सागुम्बा संकलनको लागि गत वैशाख अन्तिमतिर पाटन पुग्नुभएको थियो ।

केहि दिन यता पेट दुख्ने समस्याबाट पिडित उहाँको निरन्तर पेट दुखेकै कारण मृत्यु भएको बताइएको छ ।

मृतकका दुई छारा र दुई छोरी छन् ।

यसअघि अपिहिमाल गाउँपालिका वडा नम्बर ४ का एक पुरुषको पनि यार्सागूम्बा संकलनको क्रममा हिउँ पहिरोमा परि ज्यान गएको थियो ।

हिमाली क्षेत्रमा यार्सागुम्बा संकलनको क्रममा बर्षेनि केहि मानिसको ज्यान जाने गरेको छ ।

दार्चुलाको अपिहिमाल र व्यास गाउँपालिकामा वैशाख देखि असारसम्म यार्सागुम्बा संकलन हुने गरेको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?