ओडीगाउँमा चट्याङ पर्दा घरमा क्षति, भैँसीको मृत्यु

दार्चुला । दार्चुलाको लेकम गाउँपालिका वडा नम्बर ४ ओडीगाउँमा चट्याङ पर्दा माधी गिरीको घरमा क्षति भएको छ ।

चट्याङ लागेर गिरीले पालेको एउटा भैँसीको मृत्यु भएको र घरमा भौतिक क्षति भएको लटिनाथ नमुना माबि चौपाताका प्रधानाध्यापक केशवराज बिष्टले जानकारी दिनुभयो ।

घरधनी चट्याङको आवाजले त्रसित भएर केहि समय बेहोस ‍भएपनि अवस्था सामान्य रहेको र कुनै मानविय क्षति नभएको उहाँले बताउनुभयो ।

अहिले इलाका प्रहरी कार्यालय रिठाचौपाताबाट प्रहरी टोली घटनास्थलमा पुगेको छ ।

वर्षासंगैको हावाहुरी र चट्याङका कारण विद्युत सेवा अवरुद्ध भएको छ ।

 

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?