अध्यादेशमार्फत सार्वजनिक बजेटप्रति नेता बडूको आपत्ती

दार्चुला । आर्थिक वर्ष २०७८/७९ का लागि अर्थमन्त्री विष्णुप्रसाद पौडेलले शनिवार सार्वजनिक गर्नुभएको बजेटप्रति नेपाली काँग्रेसका केन्द्रिय सदस्य दिलेन्द्र प्रसाद बडूले आपत्ति जनाउनु भएको छ ।

अध्यादेशमार्फत ल्याइएको यो बजेट समग्र हेर्दा असन्तुलित र अन्यायपूर्ण रहेको नेता बडूको भनाई छ । बजेटले दार्चुलालाई उपेक्षा गरेको उल्लेख गर्दै उहाँले सोमबार आपत्ति तथा ध्यानआकर्षण सहित विज्ञप्ती सार्वजनिक गर्नुभएको छ ।

आफूले पटकपटक संसदबाट र भेटेरै यातायातमन्त्रीको ध्यानाकर्षण गराउदा पनि नेपाली सेनाले निर्माण गर्ने भनिएको दार्चुला—तिंकर सडक अन्तर्गतको ८७ किलोमिटर कोठेधारदेखि तिंकरसम्मको सडकखण्डलाई छुट्टै योजना तथा छुट्टै बजेट विनियोजन नगर्नु तथा प्राथमिकतामा नपर्नु दुखद एवं खेदजनक रहेको नेता बडूको भनाई छ । सरकारले तिंकर सडकलाई महाकाली कोरिडोरमा गाभ्दा तीव्र गतिमा विकास हुन नसकेको उहाँले बताउनुभयो ।

बजेट भाषणमा समेटिएको दार्चुला सदरमुकाम क्षेत्रको तटबन्ध क्रमागत भएको जनाउदै जिल्लाको चौलानी, नौगाड नदी नियन्त्रण र गोकुलेश्वर तटबन्ध योजना बजेटमा नपरेकोमा नेता बडूले ध्यानाकर्षण गराउनुभएको छ ।

दार्चुलामा प्रयाप्त सम्भावना रहेका फलफूल, तरकारी खेती, पशुपालन, दुग्ध व्यवसाय, साना तथा घरेलु उद्योग, जडीबुटी र च्याङग्रा र भेडाबाख्रा पालन जस्ता क्षेत्रमा समेत कुनै विशेष बजेट र कार्यक्रम नपरेको सार्वजनिक ध्यानआकर्षण पत्रमा उल्लेख गरिएको छ ।
उक्त आपत्ति तथा ध्यानआकर्षण पत्रमा नेता बडूले दार्चुला जिल्लाप्रति गरिएको उपेक्षा र असन्तुलित बजेट प्रति सरकारको जवाफ समेत माग गर्नुभएको छ ।

हेर्नुहोस नेता बडूले सार्वजनिक गर्नुभएको आपत्ति तथा ध्यानआकर्षण पत्र

फोटो विवरण उपलब्ध छैन।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?