चट्याङबाट घाइते पुरुषलाई लेकमबाट गोकुलेश्वर अस्पताल लगियो

दार्चुला । दार्चुलाको लेकम गाउँपालिका वडा नम्बर ४ ओडीगाउँमा चट्याङ परेको छ ।

मंगलबार विहान पौने ७ बजेतिर माधी गिरीको घरमा चट्याङ पर्दा एक जना युवा घाइते हुनुभएको छ । भने एक भैँसीको मृत्यु भएको छ ।

चट्याङ लागेर २८ वर्षीय बिरेन्द्र गिरी घाइते भएको इलाका प्रहरी कार्यालय रिठाचौपाताले जनाएको छ । चट्याङ परेपछि गिरीको पेट दुख्न थालेको र उपचारका लागि गोकुलेश्वर अस्पताल लगिएको पारिवारिक स्रोतले जनाएको छ ।

चट्याङ पर्दा माधी गिरीले पालेको एउटा भैँसीको मृत्यु भएको र घरमा सामान्य भौतिक क्षति भएको स्थानीय सोभी गिरीले बताउनुभयो ।

घरधनी चट्याङको आवाजले त्रसित भएर केहि समय बेहोस ‍भएपनि अवस्था सामान्य रहेको बताइएको छ ।

घटनास्थलमा इलाका प्रहरी कार्यालय रिठाचौपाताबाट प्रहरी टोली समेत पुगेको थियो ।

रिठाचौपातामा वर्षासंगैको हावाहुरी र चट्याङका कारण विद्युत सेवा समेत अवरुद्ध भएको छ ।

यसैबिच हिजो बेलुकी महाकाली नगरपालिका वाड नम्बर ८ धाप बस्ने ६० वर्षीया अनिता बादीको आफ्नै घरको पथ्थर हावाहुरीले उडाएपछि टाउकोमा चोट लागेको थियो । उहाँको धाप स्वास्थ्य चौकीमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?