युवा संघद्धारा जिल्ला अस्पताल दार्चुलामा फलफुल वितरण

दार्चुला । युवा संघ दार्चुलाले जिल्ला अस्पताल दार्चुलामा विरामीहरूलाई फलफुल वितरण गरेको छ ।

नेकपा एमालेको भातृ संगठन युवा संघ नेपालको केन्द्रिय कमिटीका पदाधीकारी बैठकको कोरोना संक्रमण भइ उपचारमा रहका बिरामी र कुरुवाका साथै स्वास्थकर्मीलाई सक्दो सहयोग गर्ने निर्णय अनुसार जिल्ला अस्पताल दार्चुलाबाट फलफुल वितरण अभियानको थालनी गरिएको हो ।

देशभरी नै महामारीको रुपमा फैलिएको कोरोना संक्रमणका कारण प्रभावित भएका नागरिकहरुलाई सक्दो सहयोग गर्ने केन्द्रको निर्देशन बमोजिम देशभरी नै विभिन्न कार्यक्रमहरु सञ्चालनमा रहेको र सोही अनुसार दार्चुलामा फलफुल वितरण अभियान सञ्चालन गरिएको युवा संघ केन्द्रिय कमिटी सचिव, केन्द्रीय कार्यालय प्रमुख नरेश गीरीले जानकारी दिनुभयो ।

अभियान अन्तरगत जिल्ला अस्पताल दार्चुलामा हप्ताको २ दिन फलफुल वितरण गरिने उहाँले बताउनुभयो ।

मंगलबारबाट युवा संघ दार्चुलाले जिल्ला अस्पतालमा फलफुल वतरण कार्यक्रमको सुरुवात गरेको छ । संघका केन्द्रिय कमिटी सचिवाल सदस्य धिरेन्द्र ठगुन्नाको नेतृत्वमा जिल्ला अस्पतालमा फलफुल वितरण गरिएको गिरीले जानकारी दिनुभयो ।

फलफुल वितरण कार्यक्रममा नेकपा एमाले दार्चुलाका नेता ज्ञानेन्द्र घर्तीफ राष्ट्रिय युवा संघ दार्चुलाका पदाधिकारी लगायतको सहभागीता रहेको थियो ।

जिल्लाको गोकुलेश्वर अस्पतलामा पनि फलफुल वितरणको तयारी भइरहेको गिरीले बताउनुभयो

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?