दार्चुला । कोरोना संक्रमणको कारण ज्यान गुमाएका जिल्ला अस्पतालमा कार्यरत सरसफाइकर्मी (स्वीपर) का परिवारलाई जिल्ला अस्पताल दार्चुलाले किरिया खर्च बाफत २५ हजार रुपैया दिने निर्णय गरेको छ ।
अस्पतालको आन्तरिक कोषबाट मृतक पशुपती पार्कीको परिवारलाई किरिया खर्च बाफत २५ हजार दिने निर्णय भएको अस्पताल व्यवस्थापन समिति अध्यक्ष दलजितसिह धामीले जानकारी दिनुभयो ।
आज बसेको जिल्ला अस्पताल व्यवस्थापन समितीको बैठकले यस्तो निर्णय गरेको अध्यक्ष धामीले बताउनुभयो । जिल्ला अस्पताल दार्चुलामा उपचाररत महाकाली नगरपालिका वडा नम्बर ४ का ४० वर्षीया पार्कीको जेष्ठ १५ गते कोरोना संक्रमणको कारण ज्यान गएको थियो ।





प्रतिक्रिया