दार्चुलामा जेठ ३० गतेसम्म निषेधाज्ञा लम्बियो (सूचनासहित)

दार्चुला । दार्चुला जिल्लामा जेठ ३० गतेसम्मका लागि चौथो पटक निषेधाज्ञा थप गरिएको छ ।

जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र दार्चुलाको सिफारिस अनुसार प्रमुख जिल्ला अधिकारी शिद्धराज जोशीले जेठ ३० गते राती १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरेको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ ।

कोभिड-१९ रोकथाम तथा नियन्त्रणको कार्यलाई थप प्रभावकारी बनाउन १० दिनका लागि निषेधाज्ञा थप गर्न मंगलबार (हिजो) कोभिड-१९ संकट व्यवस्थापन केन्द्र दार्चुलाले जिल्ला प्रशासन कार्यालयलाई सिफारिस गरेको थियो ।

जिल्लामा कोभिड–१९ सङ्क्रमणको जोखिम कायम नै रहेको हुँदा भिडभाड र हिँडडुल नगर्न सार्वजनिक सूचनामार्फत आह्वान गरिएको छ । निषेधाज्ञा अवधिभर सार्वजनिक यातायातका साधन, होटल, हाटबजार सञ्चालन नहुने र घुमफिर र भेला जमघट केही गर्न नपाउने गरी रोक लगाइएको छ ।

अत्यावश्यक सामग्री आपूर्ति गर्ने साधन (अस्पताल, औषधि पसल, दूध, खाने पानी, खाद्यान्न आपूर्ति गर्ने साधन, एम्बुलेन्स, शववाहनसहित अत्यावश्यक सेवा) भने सञ्चालन हुने बताइएको छ ।

बैंक तथा बित्तिय संस्था विहान ८ देखि १० बजेसम्म मात्रै सञ्चालन हुने जनाइएको छ ।

May be an illustration of 'प.सं. नेपाल सरकार गृह मन्त्रालय जिल्ला प्रशासन कार्यालय समृद्धि सुशासन" च.नं. ०९३-४२००१४पयाक्स खलगा, दार्चुला मिति:-२०७८1०२ा१९ निषेधाज्ञा आदेशको अवधि गरिएको सचना उपरोक्त सम्बन्धमा जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र, दार्चुलाको मिति बसेको बैठकबाट कोभिड-१९ रोगको रोकथाम तथा नियन्त्रणको कार्यलाई प्रभावकारी बनाउनका लागि प्रमुख जिल्ला अधिकारीबाट मिति २० गते राती १२:०० बजेसम्मका लागि जारी भएको निषेधाज्ञा आदेशको अवधि थप गर्न सिफारिश भए बमोजिम उक्त आदेश मिति ३० गते राती १२:०० बजेसम्म गरि निरन्तरता दिईएको छ जिल्लास्थित बजार खोल्ने समयावधि बैंक तथा वित्तिय संस्था संचालन हुने समयावधि साविक कायम हुने व्यहोरा समेत सम्वन्धित सबैको जानकारीका लागि अनुरोध यथावत प्रमुख जिल्ला अधिकारी Twitter: .@daodarchula.faceook.daodarchula' भन्ने पाठ

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?