दार्चुला अस्पतालबाट थप एक कोरोना संक्रमित रेफर

दार्चुला । जिल्ला अस्पताल दार्चुलाबाट एक जना कोरोना संक्रमित पुरुषलाई डडेलधुरा रेफर गरिएको छ ।

शरीरमा अक्सिजनको मात्रा कम भएपछि जिल्लाको महाकाली नगरपालिका वडा नम्बर ५ का ३७ वर्षिय कोरोना संक्रमित पुरुषलाई डडेल्धुरा अस्पताल रेफर गरिएको हो ।

जेठ ३ गते कोरोना संक्रमण पुष्टि भएका ति परुष जिल्ला अस्पताल दार्चुलामा भर्ना भएका थिए । शरीरमा अक्सिजनको समस्या रहेको र स्वास्थ्यमा समस्या देखिन थालेपछी उहाँलाई थप उपचारको लागि डडेल्धुरा अस्पताल रिफर गरिएको जिल्ला अस्पताल दार्चुलाका सूचना अधिकारी डम्मरदत्त भट्टले जानकारी दिनुभयो ।

अहिले उहाँको शरिरमा अक्सीजनको मात्रा ९०÷९१ को लेबलमा चलिरहेको अस्पतालले जनाएको छ । हाल जिल्ला अस्पताल दार्चुलामा ९ जना कोरोना संक्रमितहरुको उपचार भइरहेको छ । हाल सम्म जिल्ला अस्पताल दार्चुलाबाट ६ जना कोरोना संक्रमितहरुको थप उपचार गर्नका लागि जिल्लाबाहिर रिफर गरिएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?