दार्चुलामा बिहिबार ६ जनामा कोरोना पुष्टि

दार्चुला । दार्चुलामा बिहिवार थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

जिल्ला विभिन्न स्थानीयतहमा २८ जनाको एन्टीजेन परिक्षण गर्दा बिहिवार थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

बिहिवार थपिएकामा लेकम गाउँपालिकाका ४ जना र शैल्यशिखर नगरपालिकाका २ जना रहेका छन ।

लेकम गाउँपालिकाको वडा नम्बर १ र २ मा घरदैलो स्वास्थ्य परिक्षणको क्रममा वडा नम्बर २ का थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको सर्मोली स्वास्थ्य चौकी प्रमुख हर्कबहादुर पालले जानकारी दिनुभयो । गाउँपालिकाको वडा नम्बर १ का ७ जना र वडा नम्बर २ का २१ जनाको एन्टीजेन परिक्षण गर्दा वडा नम्बर २ का ४ जनामा संक्रमण पुष्टि भएको उहाँले बताउनुभयो ।

यो संगै दार्चुलामा कोरोनाको दोस्रो लहर सुरु भए यता कोरोना संक्रमण पुष्टि हुनेको संख्या ८ सय ३६ पगेको छ ।

हाल सम्म जिल्लाको अपिहिमाल गाउँपालिकामा सबै भन्दा बढी २ सय जनामा कोरोना संक्रमण पुष्टि भएको छ। त्यस्तै महाकाली नगरपालिकामा १ सय ७७ जनामा,शैल्यशिखर नगरपालिकामा ९८ जनामा, दुहुँ गाउँपालिका र लेकम गाउँपालिकामा ७१/७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै मालिकार्जुन गाउँपालिकामा ६८ जनामा, नौगाड गाउँपालिकामा ५९ जनामा, मार्मा गाउँपालिकामा ५० जनामा र व्याँस गाउँपालिकामा ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

त्यस्तै बिहिवार थप २ जनाले कोरोना जितेका छन । यो संगै जिल्लामा कोरोना संक्रमण मुक्त हुनेको संख्या ५ सय ७८ पुगेको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ ।

हाल सम्म जिल्लामा कोरोना संक्रमणको कारण ११ जनाको ज्यान गएको छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?