मुल्य सुची नराख्ने  र कालो बजारी गर्ने ४ व्यापारीलाई कार्वाही

दार्चुला । दार्चुलामा बजार अनुगमनको क्रममा आफुखुसी मुल्य बृद्धी गर्ने , म्याद नागेका सामग्री बिक्री तितरण गर्ने र मुल्य सुची नराख्ने ४ जना व्यापारीलाई कार्वाही गरिएको छ ।

कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको निषेधाज्ञाका समयमा व्यापारीहरुले आफूखुसी मूल्य बढाएको गुनासोपछि  शुक्रबार जिल्ला प्रशासन कार्यालय दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्सना भट्ट जोशी सहितको टोलीले खलंगा बजारमा अनुगमन गरेको हो ।

अनुगमनका क्रममा मुल्य बृद्धी गर्ने, पसलमा मुल्य सुची नराख्ने, म्याद नाघेका सामग्री बिक्री गर्ने गरेको कारण ४ जना व्यापारीलाई कार्वाही गरिएको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ।  अनुगमनको क्रममा सदरमुकाम खलंगाका चार वटा व्यापारीलाई १० देखि २० हजार रुपैयाँसम्म जरिवाना गरिएको जिल्ला प्रशासन कार्यालय दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी जोत्सना भट्ट जोशीले बताउनुभयो । उनिहरुलाई उपभोक्ता संरक्षण ऐन २०७५ बमोजिम कारबाही गरिएको जोशीले जानकारी दिनुभयो ।

यसअघि गरिएको अनुगमनको क्रममा मूल्यसूची राख्न निर्देशन दिदा पनि अटेर गरेका पसलहरुलाई कार्वाहीको दायरामा ल्याइएको उहाँले बताउनुभयो । मूल्य सूची नराखेका पसलहरुमा म्याद नाघेका अखाद्य वस्तु समेत फेला परेको अनगमन टोलीले जनाएको छ ।
म्याद नाघेका सामग्री भेटिएका पसलहरुबाट सामग्रीहरु बरामद गरिएको जनाइएको छ ।

मूल्यसूची राख्न र जरिवाना रकम जिल्ला प्रशासन कार्यालयको बाणिज्य बैंकमा रहेको खातामा जम्मा गर्न व्यापारीहरुलाई निर्देशन गरिएको छ । सात दिनभित्र जरिवाना रकम खातामा जम्मा नगरे पसल नै सील गर्ने चेतावनी दिइएको छ ।

अनुगमनका क्रममा लेबल नभएका, म्याद नाघेका सामग्रीहरु बरामद गरिएको छ । यो पटक अनुगमनको क्रममा खाना पकाउने सिलिण्डरको तौला समेत जाँच गरिएको छ । विगतमा सामान्य निर्देशन दिदै आएको अनुगमन टोलीले पहिलो पटक कारवाहीको प्रक्रिया अघि बढाएको हो ।

अनुगमनको क्रममा खाद्यान्न लगायतका पसलहरुमा बढि अनुगमन गरिएको दार्चुला उद्योग वाणिज्य संघका अध्यक्ष मंगलसिह ठगुन्नाले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?