दार्चुला । जिल्ला अस्पताल दार्चुलाले अक्सिजन प्लान्ट जडानको लागि बोलपत्र आह्वान गरेको छ ।
जिल्ला अस्पतालले इबिडिङबाट १५ दिने बोलपत्र आह्वान गरेको प्रशासन शाखाले जनाएको छ ।
कोरोना संक्रमणको जोखिम कायमै रहेकोले अस्पतालमा अक्सिज सप्लाई, जडान लगायतको कार्यको लागि बोलपत्र आह्वान गरिएको छ ।
अहिले दार्चुला अस्पतालमा साना ठूला गरी ६५ अक्सिजन सिलिण्डर रहेका छन् । आफ्नै अक्सिजन प्लाण्ट नहुँदा अस्पतालले धनगढी, नेपालगञ्ज लगायतका ठाउँबाट अक्सिजन भरेर ल्याउने गरेको छ ।
विगतमा अस्पतालसंग ३६ अक्सिजन सिलिण्डर रहेकोमा पछिल्लो समय माथिल्लो चमेलिया, राष्ट्यि अविस्कार केन्द्र, निर्माण व्यवसायी संघ लगायत विभिन्न संघ, संस्थाको सहयोगमा सिलिण्डर प्राप्त भएपछि सहज भएको छ ।
दार्चुलामा अक्सिजन प्लाण्ट जडान गर्नका लागि सुदूरपश्चिम प्रदेश सरकारबाट ८० लाख बजेट प्राप्त भएको छ भने संघीय सरकारबाट अक्सिजन प्लाण्ट लगायत स्वास्थ्य सामाग्री खरिदको लागि डेढ करोड बढी बजेटको सुनिश्चितता भएको बताइएको छ ।





प्रतिक्रिया