दार्चुला । विश्व वातावारण दिवस २०७८ दार्चुलामा पनि मनाइएको छ । डिभिजन वन कार्यालय दार्चुलाको आयोजनामा बृक्षारोपण गरि विश्व बातावरण दिवस मनाइएको हो ।
दिवसको अवसमा डिभिजन वन कार्यालय दार्चुलाको परिसरमा बृक्षारोपण गरिएको डिभजिन वन कार्यालय दार्चुलाका डिभिजनल वन अधिकृत गोकुल रिजालले बताउनुभयो ।
प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीलगायतको सहभागितामा डिभिजन वन कार्यालयको परिसरमा तेजपात, अमला र रिठ्ठाको बिरुवा रोपिएको उहाँले बताउनुभयो । ।
‘नयाँ सोच र सिर्जना, प्राकृतिक प्रणालीका पुर्नस्थापना’ भन्ने नारा सहित बृक्षारोपण गरी दार्चुलामा पनि विश्व वातावरण दिवस मनाइएको रिजालले बताउनुभयो । संयुक्त राष्ट्र संघले आजदेखि नै आगामी दश बर्ष प्राकृतिक प्रणाली पुनस्र्थापना दशक मनाउन शुरु गरेकाले प्राकृतिक सम्पदाहरुको संरक्षणका लागि दिवसको अवसरमा वृक्षारोपण गरिएको बताइएको छ ।
प्राकृतिक प्रणालीमा आएका विभिन्न समस्याहरुलाई समाधान गर्नका लागि संयुक्त राष्ट्रसंघले यो दिवस मनाउने घोषणा गरेको थियो । हरेक बर्ष जुन ५ तारिखमा विश्व वातारण दिवस मनाउने गरिन्छ ।
नेपालमा पनि बढ्दो सहरीकरण, प्राकृतिक सम्पदाको दोहन, फोहोरमैलाको दिगो व्यवस्थापन, ढलको निकासीलगायत व्यवस्थित नहुँदा चुनौती बढ्दै गएको छ । समयमै सानो मेहनतबाट व्यवस्थापन हुनसक्ने यी समस्यामा ध्यान नदिँदा अवस्था विकराल बन्दै गएको छ ।
यस्तै, वन विनाश, खेतीयोग्य जमिनसँगै डाँडाकाँडामा जथाभाबी खडेरी र बाटोका लागि डोजर चल्नुले पनि वातावरण संरक्षणमा चुनौती बढेको छ ।
सरकारले वातावरण संरक्षण ऐन ल्याए पनि यसको प्रभावकारिता कम हुँदा स्वच्छ र स्वस्थ वातावरणमा बाँच्न पाउने नागरिकको मौलिक भने पूरा हुन सकेको छैन । प्राकृतिक सम्पदाहरुको संरक्षणका लागि प्राकृतिक प्रणाली पुनस्र्थापना दशक घोषणा गरिएको हो ।





प्रतिक्रिया