दार्चुला । दार्चुलामा शनिबार ( आज ) थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
एन्टीजेन विधिबाट गरिएको परिक्षणमा जिल्लाका थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
शनिबार कोरोना पुष्टि हुनेमा दुहुँ गाउँपालिकाका २ जना रहेका छन । त्यस्तै महाकाली नगरपालिका, ब्याँस गाउँपालिका र नौगाड गाउँपालिकाका १- १ जना रहेका छन ।
आज थपिएका सहित दार्चुलामा कोरोना संक्रमण पुष्टि हुनेको संख्या ८ सय ६५ पुगेको छ ।
हाल सम्म जिल्लाको अपिहिमाल गाउँपालिकामा सबैभन्दा बढी २ सय जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
त्यस्तै महाकाली नगरपालिकामा १ सय ८१ जनामा, शैल्यशिखर नगरपालिकामा १ सय १ जनामा, नौगाड गाउँपालिकामा ७६ जनामा कोरोना संक्रमण पुष्टि भएकोे छ । त्यस्तै लेकम गाउँपालिका र दुहुँ गाउँपालिकामा ७३ -७३ जनामा,मालिकार्जुन गाउँपालिकामा ६८ जनामा, मार्मा गाउँपालिकामा ५२ जनामा र व्याँस गाउँपालिकामा ४० जनामा संक्रमण पुष्टि भएको छ ।
त्यस्तै जिल्लामा शनिबार थप १६ जनाले कोरोना जितेका छन । यो संगै हाल सम्म कोरोना संक्रमण मुक्त हुनेको संख्या ६ सय १६ पुगेको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ।
कोरोना संक्रमणको दोस्रो लहर सुरु भए यता दार्चुलामा ११ जनाको संक्रमणको कारण ज्यान गएको छ ।





प्रतिक्रिया