महाकाली र व्यासद्धारा नीति र बजेट निर्माणका लागि सुझाव माग

दार्चुला । दार्चुलाको महाकाली नगरपालिका र व्यास गाउँपालिकाले आगामी आर्थिक वर्षको लागि नीति, कार्यक्रम तथा बजेट निर्माण गर्न सुझाव मागेका छन् ।

दुबै पालिकाले आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट, नीति र कार्यक्रम कस्तो बनाउने भन्ने बिषयमा राजनीतिक दल, संघसंस्था, नागरिक समाज, क्लब, शिक्षक, विद्यार्थी, व्यापारी लगायत नागरिकस्तरबाट सामाजिक सञ्जालमार्फत सुझाब माग गरेका हुन् ।

स्थानीय तहहरुले यतिबेला बजेट, नीति तथा कार्यक्रम तर्जुमाको तयारी गरिरहेका छन् । व्यास गाउँपालिकाले जेठ २९ गतेसम्म सुझाव दिन अनुरोध गरेको अध्यक्ष दिलिप सिंह बुढाथोकीले जानकारी दिनुभयो । कोरोना संक्रमणलाई मध्यनजर गर्दै फोन, ईमेल, र फेसबुक मार्फत पनि सुझाव, सल्लाह दिन सकिने उहाँले बताउनुभयो ।

‘गाउँपालिकाको वार्षिक नीति कार्यक्रम जनमुखी, कार्यान्वयनयोग्य बनाउन सुझाव माग गरेका हौँ उहाँले भन्नुभयो, संकलन भएका सुझावलाई समेटेर नीति, कार्यक्रम तथा बजेट निर्माण गर्नेछौँ ।

गाउँपालिकाले नेपालको संविधान २०७२, नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रम, दिगो विकासका लक्ष्य २०३०, सुदूरपश्चिम प्रदेश सरकारको वार्षिक नीति तथा कार्यक्रम, १५ औं योजना, स्थानीय सरकार संचालन ऐन २०७४ सँग अनुकुल हुनेगरि गाउँपालिकावासीको आवश्यकताका आधारमा बजेट, नीति तथा कार्यक्रम बनाउने जनाएको छ ।

फोटो विवरण उपलब्ध छैन।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?