दार्चुला । दार्चुलामा यार्सागुम्बा संकलनको क्रममा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ ।
नौगाड गाउँपालिका वडा नम्बर ४ का १९ वर्षीय महेशसिह धामीको यार्सागुम्बा संकलनको क्रममा भीरबाट लडेर मृत्यु भएको हो ।
अपिहिमाल गाउँपालिकाको लोलु क्षेत्रमा यार्सागुम्बा संकलन गर्न गएका धामीको भीरबाट लडेर शनिबार मृत्यु भएको नौगाड गाउँपालिका वडा नम्बर ४ का अध्यक्ष नन्दनसिह धामीले जानकारी दिनुभयो ।
जेठ पहिलो साता यार्सागुम्बा संकलनको लागि काका रघुबीरसिह धामीसँगै लोलु पुगेका थिए । मृतक गणेश विनायक मावि सिप्टीमा कक्षा १२ मा अध्ययनरत छन् ।
यो वर्ष यार्सागुम्बा संकलनको क्रममा तीन जना अपिहिमाल गाउँपालिका र १ जना नौगाड गाउँपालिकाका संकलकको मृत्यु भएको छ ।





प्रतिक्रिया