तिंकर उक्लियो प्रहरी, आजै डिआईजीद्धारा निरीक्षण

दार्चुला । दार्चुलाको व्यास गाउँपालिका वडा नम्बर १ तिंकरमा प्रहरी टोली खटिएको छ ।

हिमपात तथा चिसो छल्न सीमा प्रहरी चौकी तिंकरको प्रहरी टोली हिउदमा जिल्ला सदरमुकाम झरेको थियो । अहिले तिकंरबासीको कुञ्चा (बसाइसराइ) समेत भइसकेकोले ढिलो गरी प्रहरी तिकंर उक्लिएको हो । खाद्यान्न लगायत आवश्यक बन्दोबस्तीको सामाग्री अभावमा तिकंर जान ढिलाइ भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार हेलिकोप्टर मार्फत प्रहरी टोली, बन्दोबन्दीका सामान र रासन समेत पुगाइएको छ । तिंकरको छियालेक सिमा प्रहरी चौकीमा प्रहरी नायब निरीक्षक हरक सिह महताको कमाण्डमा प्रहरी टोली खटिएको जिल्ला प्रहरीले जनाएको छ । सितापुल प्रहरी चौकीमा प्रहरी सहायक निरीक्षक प्रकाश सिहको कमाण्डमा प्रहरी टोली रहेको छ ।

तिकंरमा प्रहरीका लागि ६ महिना पुग्ने खाद्यान्न ढुवानी गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एबं सूचना अधिकारी नरेन्द्र बहादुर चन्दले जानकारी दिनुभयो । प्रहरी टोली संगै डिआइजी प्रकाश अधिकारीले समेत व्यास क्षेत्रको निरीक्षण भ्रमण गर्नुभएको छ ।

तिंकर र छाङरुमा रहेका प्रहरीहरुको बन्दोबस्ती बुझ्न तथा भवन निर्माण हुन गइरहेकाले त्यसबारे बुझ्न डिआईजी अधिकारी निरीक्षणमा आएको प्रहरीले जनाएको छ । डिआईजीसंगै दार्चुलाका प्रमुख जिल्ला अधिकारी सिद्ध राज जोशी, सशस्त्र प्रहरी बल ४४ नम्बर गण खलंगाका प्रमुख नरेन्द्र बम, जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रमुख डिएसपी मनोहर प्रसाद भट्ट लगायत सुरक्षा अधिकारीहरु समेत व्यास पुगेको बताइएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?