दार्चुला अस्पताललाई दुई थान अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण

दार्चुला । जिल्ला अस्पताल दार्चुलालाई दुई थान अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गरिएको छ । जिल्ला प्रहरी कार्यालय दार्चुलाले जिल्ला अस्पताललाई दुई थान अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गरेको हो ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायव उपरीक्षक मनोहर प्रसाद भट्टले आइतवार जिल्ला अस्पताल दार्चुलाका प्रमुख डाक्टर आदर्श लिम्बुलाई अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गरेको अस्पतालले जनाएको छ ।

कोरोनाका बिरामीको उपचारमा सहज होस भनेर अस्पताललाई अक्सिजन कन्सन्ट्रेटर मेसिन हस्तान्तरण गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

प्रहरीलाई सेभ नेपाल फ्रम कोभिड–१९ ग्लोबल अलाइन्स फन्ड नामक संस्थाद्धारा यी मेसिन प्राप्त भएका थिए । अहिले दार्चुला अस्पतालसंग अक्सिजन सिलिण्डर र कन्सन्ट्रेटर मेसिन प्राप्त भएपनि भेन्टिलेटर र अक्सिजन प्लाण्टको अभाव रहेको छ ।

जिल्ला अस्पताल दार्चुलाले अक्सिजन प्लान्ट जडानको लागि १५ दिने बोलपत्र आह्वान गरेको छ ।

कोरोना संक्रमणको जोखिम कायमै रहेकोले अस्पतालमा अक्सिज सप्लाई, जडान लगायतको कार्यको लागि बोलपत्र आह्वान गरिएको हो ।

अहिले दार्चुला अस्पतालमा साना ठूला गरी करिब ७० वटा अक्सिजन सिलिण्डर रहेका छन् । आफ्नै अक्सिजन प्लाण्ट नहुँदा अस्पतालले धनगढी, नेपालगञ्ज लगायतका ठाउँबाट अक्सिजन भरेर ल्याउने गरेको छ ।

विगतमा अस्पतालसंग ३६ अक्सिजन सिलिण्डर रहेकोमा पछिल्लो समय माथिल्लो चमेलिया, राष्ट्यि अविस्कार केन्द्र, निर्माण व्यवसायी संघ लगायत विभिन्न संघ, संस्थाको सहयोगमा सिलिण्डर प्राप्त भएपछि सहज भएको छ ।

दार्चुलामा अक्सिजन प्लाण्ट जडान गर्नका लागि सुदूरपश्चिम प्रदेश सरकारबाट ८० लाख बजेट प्राप्त भएको छ भने संघीय सरकारबाट अक्सिजन प्लाण्ट लगायत स्वास्थ्य सामाग्री खरिदको लागि डेढ करोड बढी बजेटको सुनिश्चितता भएको बताइएको छ ।

No description available.

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?