दार्चुलामा आइतबार ३३ जना कोरोना मुक्त, २ जनामा सक्रमण पुष्टि

दार्चुला । दार्चुलामा आइतबार ३३ जनाले कोरोना जितेका छन ।

जिल्लाका विभिन्न स्थानीय तहमा रहेका सक्रिय संक्रमितहरुमध्ये आइतबार थप ३३ जना कोरोना संक्रमण मुक्त भएको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ ।

यो संगै हाल सम्म कोरोना संक्रमण मुक्त हुनेको संख्या ६ सय ३९ पुगेको छ ।

त्यस्तै आज थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

६६ जनाको एन्टीजेन परिक्षण गर्दा थप २ जनामा संक्रमण पुष्टि भएको हो । आज संक्रमण पुष्टि हुनेमा दुबै जना मार्मा गाउँपालिकाका रहेका छन ।

यो संगै दार्चुलामा कोरोनाको दोस्रो लहर सुरु भए यता संक्रमण पुष्टि हुनेको सख्या ८ सय ६७ पुगेको छ।

अहिले दार्चुलामा हाल २ सय ६ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन ।

अहिले सम्म जिल्लामा कोरोना संक्रमणको कारण ११ जनाको ज्यान गएको छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?