पूर्वमन्त्री ठगुन्नाको पहलमा स्वास्थ्य सामाग्री दार्चुला पठाइयो

दार्चुला । नेकपा एमाले केन्द्रिय सदस्य, सुदूरपश्चिम सहइन्चार्ज एबं पूर्व संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री गणेश सिंह ठगुन्नाको पहलमा संकलन भएको स्वास्थ्य सामाग्री आइतबार (आज) काठमाण्डौँबाट दार्चुला पठाइएको छ ।

३० थान अक्सिजन सिलिण्डर, ५ थान अक्सिजन कन्सनट्रेटर, एन्टिजेन किट, पल्स अक्सिमिटर, पीपीर्ई, थर्माे गन, अक्सिजन ईनहेलर, मास्क लगायतका स्वास्थ्य उपकरण तथा सामग्रीहरु दार्चुला पठाइएको अनेरास्ववियुका नेता राजेशसिंह बिष्टले जानकारी दिनुभयो ।

उक्त स्वास्थ्य सामाग्री जिल्ला अस्पताल दार्चुला र गोकुलेश्वर अस्पतालमा वितरण गरिने उहाँले बताउनुभयो । पूर्वमन्त्री ठगुन्नाले आफू कोरोना संक्रमणका कारण अस्पतालको शैय्यामै हुदाँ जिल्ला अस्पताल दार्चुलामा अक्सिजन प्लान्ट लगायत उपकरण खरिदका लागि बजेट विनियोजन गराउनुभएको छ ।

कोरोना संक्रमित ठगुन्नाको स्वास्थ्यमा सुधार भएसंगै गत साता अस्पतालबाट डिस्चार्ज हुनुभएको छ । अस्पतालबाट डिस्चार्ज हुने बित्तिक्कै जिल्लाका लागि स्वास्थ्य उपकरण तथा सामग्रीहरुको संकलन गरि दार्चुला पठाइएको बिष्टले बताउनुभयो ।

No description available.

No description available.

 

No description available.

 

No description available.

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?