दार्चुलामा सोमबार ७९ जना कोरोना मुक्त, ४ जना संक्रमित थपिए

दार्चुला । दार्चुलामा सोमबार थप ७९ जना कोरोना संक्रमण मुक्त भएका छन।

जिल्लाका विभिन्न स्थानीय तहमा रहेका सक्रिय संक्रमित मध्ये सोमबार थप ७९ जनाले कोरोना जितेको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ।

यो संगै हाल सम्म कोरोना संक्रमण मुक्त हुनेको संख्या ७ सय २८ पुगेको छ। त्यस्तै सोमबार २३ जनाको एन्टीजेन परिक्षण गर्दा थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

आज संक्रमण पुष्टि हुनेमा मार्मा गाउँपालिकाका ३ जना र व्यास गाउँपालिकाका १ जना रहेका छन । यो संगै कोरोनाको दोस्रो लहर सुरु भए यता दार्चुलामा ८ सय ७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

अहिले दार्चुलामा १ सय ३१ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन। सक्रिय अवस्थामा रहेका अधिकांस संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?