शिशुको मृत्युपछि गोकुलेश्वर अस्पताल तनावग्रस्त, दुई जना प्रहरीको नियन्त्रणमा

दार्चुला । शैल्यशिखर नगरपालिका वडा नम्बर ९ मा रहेको गोकुलेश्वर अस्पतालबाट प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ ।

शनिबार राती शैल्यशिखर नगरपालिका वडा नम्बर १ कि २७ वर्षीया गर्भवती महिला सुत्केरी हुने क्रममा नवजात शिशुको ज्यान गएको थियो । शिशुको अस्पतालको लापरबाहिले ज्यान गएको भन्दै उहाँका आफन्त आन्दोलित बनेका थिए ।

आज दिउँसो गोकुलेश्वर अस्पताल प्रशासन, प्रहरी, पिडित पक्ष र शैल्यशिखर नगरपालिकाका प्रमुख प्रशासकिय सुरेन्द्रबहादुर बिष्ट बिच घटनाबारे छलफल चलिरहेका बेला पिडित महिलाका आफन्त बैतडीको डिलाशैनी गाँउपालिका वडा नम्बर ६ चौसेराका दुई जनालाई चिकित्सक तथा अस्पतालमाथि भौतिक आक्रमणको प्रयास गरेको भन्दै प्रहरीले नियन्त्रण गरेको हो । 

तनावग्रस्त स्थितिलाई नियन्त्रणमा लिन दुबैजनालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय गोकुलेश्वरले जनाएको छ ।

पिडित पक्षका आफन्तले नवजात शिशुको मृत्यु अस्पतालको लापरबाहीले भएको हुँदा अस्पताल प्रशासनसंग लिखित रुपमा माफि माग्न माग गरिरहेका छन् । अस्पतालले उक्त घटनामा स्वास्थ्यकर्मीको कमजोरी नरहेको जनाएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?