गण्डकी प्रदेश सरकारको नीति तथा कार्यक्रम आज सार्वजनिक गर्ने

काठमाडौं । गण्डकी प्रदेश सरकारले आज नीति तथा कार्यक्रम सार्वजनिक गर्दैछ । नयाँ सरकारले नियुक्ति पाएको तेस्रो दिनमै नीति तथा कार्यक्रम ल्याउन लागेको हो ।

आईतबार नीति तथा कार्यक्रमको छलफलमा केन्द्रित रहेको नयाँ सरकारले आज दिउँसो ३ बजे बस्ने प्रदेशसभा बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने बताईएको छ । प्रदेशसभा बैठकअघि बिहान ११ बजे कार्यव्यवस्था परामर्श समितीको बैठक बस्ने प्रदेशसभा सचिवालयकी सूचना अधिकारी सपना अधिकारीले जानकारी दिनु भयो ।

नयाँ सरकारले आफ्नै तरिकाले पुरै नयाँ नीति तथा कार्यक्रम ल्याउन सक्ने अवस्था नरहेकोले पूर्व सरकारले तयार पारेको नीति तथा कार्यक्रममा केही हेरफेर गरेर पेस गर्ने तयारी भएको सरकारका प्रवक्ता कुमार खड्काले जानकारी दिनु भयो । नीति तथा कार्यक्रमको तयारी निवर्तमान मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङको सरकारले गरिरहेको र तेहि निती तथा कार्यक्रम प्रस्तुत गरिने बताईएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?