सुदूरपश्चिमका सीमानाकाबाट भारत जानेको संख्या बढदै

दार्चुला । सुदूरपश्चिम प्रदेशका सीमानाकाबाट भारत जाने नेपालीहरूको संख्या बढ्दै गएको छ।

भारतमा कोरोना भाइरसको संक्रमण केही नियन्त्रणमा आएर जनजीवन सामान्य हुँदै व्यापार व्यवसाय पनि खुल्न थालेसँगै सुदुरपश्चिमका जिल्लाबाट भारत जाने नेपालीको संख्या बढेको हो।

जेठ महिनामा कञ्चनपुरको गौरीफन्टा नाकाबाट १३ हजार ११८, गड्डाचौकीबाट ३ हजार ७६३ र बैतडीको जुलाघाट नाकाबाट २६७ गरी १७ हजार १४८ जना नेपालीहरू भारत गएको तथ्याङ्क छ।

पछिल्लो दुइ साताको तथ्याङ्क हेर्ने हो भने भारतबाट भित्रिने नेपालीहरूको तुलनामा नेपालबाट भारत जानेको संख्या बढी छ। कञ्चनपुरको दक्षिणी सीमानाका गौरीफन्टाबाट ठूलो संख्यामा नेपालीहरू भित्रिरहेका छन्। भारत जानेको संख्या पनि उच्च छ।

त्यस्तै जेठ महिनामा कञ्चनपुरको गौरीफन्टा नाकाबाट १७ हजार ८७०, गड्डाचौकीबाट ३ हजार ७४७, बैतडीको जुलाघाट नाकाबाट ३९७ र दार्चुलाको पुलघाट नाकाबाट ३१७ गरी २२ हजार ३३१ जना नेपालीहरू भारतबाट भित्रिएका छन्।

पछिल्लो दुइ साता यताको तथ्याङ्क अनुसार प्रदेशबाट भारत जाने नेपालीहरूको संख्या आउनेको तुलनामा बढेको देखिएको छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?