दार्चुला । जिल्लाको ब्याँस गाउँपालिका वडा नम्बर १ को छाङरुमा रहेको वडा कार्यालय भवन निर्माणका लागि सुदूरपश्चिम प्रदेश सरकारले पुनः बजेट विनियोजन गरेको छ।
प्रदेशको आन्तरिक मामिला तथा योजना मन्त्री प्रकाशबहादुर शाहले छाङरुमा वडा कार्यालय भवन निर्माणका लागि १ करोड १० लाख विनियोजन गरिएको बताउनुभयो । उहाँले सुदूरपश्चिम प्रदेश सभामा मंगलबार आगामी आर्थिक वर्ष २०७८र०८९ को बजेट सार्वजनिक गर्दै सो कुरा बताउनुभएको हो ।
चालु आर्थिक वर्षमा समेत प्रदेश सरकारले वडा कार्यालयका लागि रकम विनियोजन गरिएको थियो।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।




